आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ खानेतेल बजारमा
abhiyandaily.com
काठमाडौं । आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ खानेतेल बजारमा ल्याएको छ । आरएमसी फुड्सद्वारा उत्पादित ‘न्यूट्रिप्लस’ ब्राण्डका विभिन्न किसिमका खानेतेल बिहीवारदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ‘न्यूट्रिप्लस’ ब्रान्डअन्तर्गत बजारमा पहिलो पटक आर्फना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्दै आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ सूर्यमूखी, सोयाबिन र पामोलिन गरी तीन किसिमका तेल बिहीवारदेखि विक्री गर्न लागेको हो । आरएमसी ग्रुपले विगत ३० वर्षदेखि निर्माण सामग्रीहरूको उत्पादन तथा आपूर्ति गर्दै आएको छ । कम्पनीले आर्फना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बासडरको रूपमा टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनलिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ । आर्फना उत्पादनहरूका बारेमा कम्पनीका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले कम्पनीले गुणस्तरीय खाद्यान्न उत्पादन तथा आपूर्ति गरी ग्राहकको मन जित्ने उद्देश्य रहेको बताए ।
उनले बुधवार सार्वजनिक गरिएका खानेतेल ‘न्यूट्रिप्लस’ छिट्टै सबैको घरघरमा पुग्ने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)