मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाललाई मनाएपछि विश्वासको मत निश्चित

ekantipur.com · Wed Mar 13 00:50:38 GMT 2024

काठमाडौँ — संघ र प्रदेश सरकारमा समेत निर्णायक बनेको एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालसँग मंगलबार शक्ति बाँडफाँटमा समझदारी बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार संसद्बाट विश्वासको मत पाउने निश्चित भएको छ ।

सत्ता गठबन्धनमा एस रहने वा नरहने विषयले जनता समाजवादी पार्टी (जसपा) को निर्णयसमेत तलमाथि पर्न सक्ने र अन्ततः त्यसले नयाँ समीकरण नै भत्किने जोखिम देखेपछि संसद्को बाँकी कार्यकालमा नेपाललाई प्रधानमन्त्रीको रोलक्रममा राख्नेदेखि उनले उठाएका शक्ति साझेदारीका विषयमा सहकार्य गरेर जान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लचक भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)