भोटेकोशी बाढीपछि मधेसका १६२ जना अझै सम्पर्कविहीन
barnanmedia.com · Fri Sep 18 01:58:10 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा हराइरहेका मधेस प्रदेशका ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका विभिन्न जिल्लाका १९२ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् भने १६२ जना अझै सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार सम्पर्कमा आएकाहरूमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा लगायतका जिल्लाका नागरिक रहेका छन्। बाढी तथा पहिरोपछि परिवार र आफन्तसँग सम्पर्कमा नरहेका नागरिकको खोजीका लागि प्रहरीले विवरण संकलन गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)