राजा वीरेन्द्रको २५ औँ स्मृतिमा तस्वीरमा माल्यार्पण (तस्वीरहरू)
nepalviews.com · Tue Jun 02 07:22:56 GMT 2026

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति दिवसको अवसरमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले ललितपुरको जाउलाखेलमा स्मृतिसभा तथा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्रको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
२०५८ जेठ १९ गते राति दरवारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको समुल वंश नास भएको थियो । यो हत्याकाण्ड छानबिन गर्न बनेको समितिले तत्कालीन युवराज दीपेन्द्रले दरवार हत्याकाण्ड गराएको निष्कर्ष निकालेको थियो । दीपेन्द्रमा सो हत्याकाण्डमा घाइते थिए । उनको तीन दिनपछि मृत्यु भएको थियो ।
तस्वीरहरू : सक्षम घिमिरे,नेपाल न्युज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ