रक्तचाप बढेपछि अस्पताल भर्ना भएका दाहाललाई आज डिस्चार्ज गरिने
ekagaj.com · Sun Nov 14 00:13:18 GMT 2021
काठमाडौँ– एक्कासी रक्तचाप उच्च भएपछि अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज डिस्चार्ज गरिने भएको छ । उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
हालैमात्र डोल्पा लगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौँ फर्केपछि स्वास्थ्यमा समस्या देखिएको थियो । दाहालको सचिवालयले अस्पतालमा केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)