बिभिन्न पार्टी परित्याग गर्दै नेताहरु आजपामा प्रवेश
rajdhanidaily.com · Wed Jan 31 23:14:36 GMT 2024
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु मुलुकलाई सञ्चालन गर्नमा असफल भएको बताएका छन् । पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरुले मुलुकलाई समृद्ध बनाउँन नसकेको र कुर्सी बचाउँने, गिराउँने खेलमा रमाई रहेको साहको दावी छ ।
आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा आज बिभिन्न पार्टीका नेतालाई आजपामा प्रवेश गराउँदै उनले मुलुकलाई समृद्ध बनाउँन आम जनताको शासन व्यवस्था आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)