ज्यामिरेमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
kendrabindu.com · Fri Sep 18 02:11:07 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ज्यामीरेघाटमा केही समय अगाडि पहिरो गएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक माथिबाट निकै ठूलो पहिरो खसेका कारणले अहिले संघीय राजधानी काठमाडौं आउजाउ गर्ने दुवैतर्फका सवारी साधनहरू रोकिएका छन्। पहिरो ठूलो भएको कारणले पन्छाउनका लागि केही समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)