भ्रष्टाचार र अनियमितताका उजुरी स्थानीय तहकै बढी
annapurnapost.com · Fri Sep 18 02:02:43 GMT 2026

काठमाडौं : सिंहदरबारदेखि गाउँको वडा कार्यालयसम्म पुगेको संघीयताको अभ्याससँगै भ्रष्टाचार र अनियमितताका उजुरी पनि स्थानीय तहमा केन्द्रित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा कायम ४० हजार ८ सय ४२ उजुरीमध्ये २० हजार २५ अर्थात् ४९.०३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। आयोगको वार्षिक प्रतिवेदनले उजुरीको ठूलो हिस्सा स्थानीय तहमा केन्द्रित रहेको पाइएको छ।
अख्तियारले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०८२/८३ को कामकारबाही समेटेर तयार गरेको ३६औैं वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। प्रतिवेदनअनुसार सो आर्थिक वर्षमा विभिन्न माध्यमबाट ३३ हजार ५ सय १९ वटा नयाँ उजुरी दर्ता भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)