मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अदालतको आदेशले ट्रम्पलाई झट्का : रोकियो १.८ अर्ब डलरको ‘हथियारीकरणविरुद्ध’ कोष

annapurnapost.com · Tue Jun 02 07:28:36 GMT 2026

अमेरिका : अमेरिकी न्याय विभागले ट्रम्प प्रशासनद्वारा स्थापना गरिएको १.८ अर्ब अमेरिकी डलर (करिब १.३ अर्ब पाउन्ड) को कोष रोक्ने अदालतको आदेश पालना गर्ने जनाएको छ । यो कोष अघिल्ला प्रशासनहरूको समयमा संघीय सरकारबाट अन्यायपूर्ण व्यवहार भएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिनका लागि बनाइएको थियो ।

सोमबार जारी विज्ञप्तिमा न्याय विभागले अदालतको निर्णयसँग आफूहरू ‘कडा रूपमा असहमत’ रहेको बताए पनि आदेशको पालना गर्ने स्पष्ट पारेको छ। गत महिना ट्रम्प प्रशासनले डोनाल्ड ट्रम्पको कर विवरण (ट्याक्स रिटर्न) चुहावटसम्बन्धी विवादको समाधानस्वरूप उक्त ‘एन्टी–वेपनाइजेसन फन्ड’ घोषणा गरेको थियो । तर डेमोक्र्याटहरूले यसलाई ‘गोप्य राजनीतिक कोष’ को संज्ञा दिएका छन् भने केही रिपब्लिकन नेताहरूले समेत यसको विरोध गरेका छन् । एक संघीय न्यायाधीशले जुन १२ मा हुने सुनुवाइसम्म यसको कार्यान्वयन अस्थायी रूपमा रोकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय