खेलमैदान, शौचालय र ट्युबवेलविहीन विद्यालय सञ्चालनमा
gorkhapatraonline.com · Fri Sep 18 02:17:33 GMT 2026

सप्तरीको महादेवा गाउँपालिका–१ स्थित सोनरा आधारभूत विद्यालय वर्षौंदेखि खेलमैदान, शौचालय र ट्युबवेलविहीन अवस्थामा सञ्चालनमा रहेको छ । खुला दिसामुक्त जिल्ला घोषणालाई चुनौती दिँदै विद्यालयमा शौचालय र ट्युबवेलको व्यवस्था हुन नसकेको हो ।
शौचालय र ट्युबवेलको अभावमा सरसफाइमा समस्या आउनुका साथै स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने र विभिन्न सरुवा रोगको जोखिम बढ्ने विद्यालयका प्रधानाध्यापक रञ्जनकुमार मण्डलले बताउनुभयो । ट्युबवेल नहुँदा हात धुनसमेत समस्या हुने भएकाले संक्रमण, कीटाणु, ब्याक्टेरिया तथा भाइरसबाट विभिन्न रोग सर्न सक्ने जोखिम रहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)