प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्रीको जवाफ : कांग्रेसमा फरक मत राख्न पाइन्छ, एमालेमा कारबाही हुन्छ
baahrakhari.com · Tue Dec 31 17:18:39 GMT 2024

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् । पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले संसदमा विकल्प रहुन्जेल पाँच वर्ष कसैले भंग गर्न नसक्ने भन्दै अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको पनि खाँचो रहेको बताए ।
संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु ठूलो कुरा नभएको भन्दै शर्माले कोही प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)