सरुवा भएको ५५ दिनपछि हाजिर हुने हाकिमलाई घडी र भित्तेपात्रो
nagariknews.nagariknetwork.com · Tue Jun 02 07:25:20 GMT 2026

कालीकोटको महावै गाउँपालिकाले ५५ दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएको छ। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले समय मापनका लागि घडी र भित्तेपात्रो उपहार दिएका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ५५ दिनपछि प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर हुन पुगेपछि अध्यक्ष खेमबहादुर सिंहले घडी र भित्तेपात्रो उपहारस्वरूप दिएका हुन्। ‘सरुवा भएको ५५ दिनपछि गाउँपालिकाको कार्यालयमा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्तेपात्रो उपहार दिएका छौँ’, अध्यक्ष सिंहले भने, ‘महावै गाउँपालिकाले पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत पाएकोमा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनै ५५ दिन लगाएपछि समय र मितिको ख्याल राखेर जनताप्रति उत्तरदायी ढंगले काम गर्न घडी र भित्तेपात्रो उपहार दिएका हौँ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सरोज गुरागाईं