दयाहाङकाे ‘बुकी फूल’ शुभमुहूर्त
ratopati.com · Fri Sep 18 02:26:38 GMT 2026

काठमाडौँ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहने गुरुङ समुदायको इतिहास, संस्कृति, सामाजिक जीवन र परम्परालाई कथावस्तु बनाइएको फिल्म ‘बुकी फूल’ निर्माण सुरु भएको छ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार फिल्मको शुभमुहूर्त गरिएको हो ।
बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा ‘बुकी फूल’काे अधिकांश छायांकन कास्कीको सिक्लेस तथा आसपासका क्षेत्रमा गरिने छ। शुभमुहूर्त कार्यक्रममा चलचित्र निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)