हाइसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
ratopati.com · Fri Sep 18 02:33:06 GMT 2026

धनगढी । धनगढीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। दुर्घटनामा संलग्न हाइसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–३ फाप्लास्थित हुलाकी सडकखण्डमा बुधबार राति करिब १० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५८० नम्बरको ईभी हाइसले पैदलयात्रीलाई ठक्कर दिएको थियो। हाइसको ठक्करबाट धनगढी–३ चटकपुर बस्ने १८ वर्षीय कालु राना गम्भीर घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)