बजेट अभावले रोकिएका कोशीका २३२ योजना फेरि ब्युँताइँदै
annapurnapost.com · Fri Sep 18 02:24:57 GMT 2026

विराटनगर : वर्षौंअघि ठेक्का लागे पनि काम पूरा हुन नसकेका कोशी प्रदेशका २३२ वटा विकास आयोजना पुनः सञ्चालनमा ल्याइने भएको छ। बजेट अभावले रोकिएका योजना फेरि ब्युँताइँदै छन्।
बजेट अभाव र म्याद समाप्त भएका कारण निर्माण रोकिएका सडक, पुल तथा भवनका योजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेश सरकारले प्रक्रिया अघि बढाएको हो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा बिहीबार निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका पदाधिकारीसँग भएको छलफलपछि रोकिएका आयोजनालाई अघि बढाउने सहमति बनेको हो। निर्माण व्यवसायीले सरकारले अन्तिम पटक सहयोग र म्याद थप गरिदिए तोकिएको अवधिभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)