एमालेजनलाई प्रश्न- ओली ठूलो कि कम्युनिस्ट आन्दोलन ?
nepalpress.com · Fri Sep 18 02:34:37 GMT 2026

राजनीतिमा एउटा समय यस्तो आउँछ, जब इतिहासले नेताले हिजो के गर्यो भनेर मात्र होइन, आज उसले के रोकिरहेको छ भनेर पनि हिसाब गर्न थाल्छ । केपी शर्मा ओली आज त्यही मोडमा उभिएका छन् । कुनै समय एमालेको सङ्गठन विस्तार गर्ने, राष्ट्रिय राजनीतिमा पार्टीलाई निर्णायक बनाउने, कार्यकर्तामा आत्मविश्वास जगाउने र राष्ट्रिय स्वाभिमानको भाषालाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने नेता अहिले स्वयं एमालेको पुनर्गठनका लागि सबैभन्दा कठिन प्रश्न बनेका छन् ।
ओलीको राजनीतिक योगदान मेटाएर उनको आलोचना गर्नु आवश्यक छैन । उनले जेल बसे । सङ्गठन बनाए । एमालेको शक्ति विस्तार गरे । राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेले । नाकाबन्दीको समयमा लिएको अडानले ठूलो जनसमर्थन पाए र एउटा समय नेपाली राजनीतिमा आशाको प्रतीकसमेत बने । ती सबैका लागि एमालेले उनलाई धन्यवाद दिनुपर्छ । इतिहासले उचित स्थान दिनुपर्छ । तर इतिहासमा योगदान गर्नु र वर्तमानमाथि स्थायी स्वामित्व प्राप्त गर्नु एउटै कुरा होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)