ढल्कबेर–मुजफ्फुरको क्षमता १००० मेगावाट पुर्याउन नेपालको जोड
ekagaj.com · Wed Dec 28 15:57:37 GMT 2022
काठमाडौं - आगामी जनवरी तेस्रो साताका लागि प्रस्ताव गरिएको नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठक (१२ औं) को तयारी स्वरुप नयाँ दिल्लीमा हिजो संयुक्त प्राविधिक समिति (ज्वाइन्ट टेक्निलक कमिट— जेटीटी) को बैठकमा नेपालले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्ने प्रस्ताव गर्न सुझाएको छ ।
सहसचिव र सचिवस्तरीय बैठक हुनुअघि एजेन्डा तयारी गर्ने र प्राविधिक सल्लाह तथा सुझाव उपलब्ध गराउने हिसाबले गठित जेटीटीको बैठक बस्ने गर्छ । ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको नेतृत्वमा नयाँ दिल्लीमा भएको उक्त बैठकले पहिलो अन्तर्देशीय सीमापार प्रसारण लाइनको क्षमता पुनः बढाउन आ–आफ्नो सरकारलाई सुझाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)