प्रभावकारी आपूर्ति शृङ्खला
gorkhapatraonline.com · Fri Sep 18 02:49:11 GMT 2026

कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षतिका साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैरप्राकृतिक घटना नै विपत् हो । बाढीपहिरो तथा भूस्खलन, डुबान, भूकम्प, हिमपहिरो, हिमताल विस्फोट, अतिवृष्टि, खडेरी, चट्याङ, आँधीहुरी आदि घटनाले विपत् निम्त्याउने गरेका छन् । एक्कासि आउने विपतकाे समयमा सुरक्षित आवास, शौचालय, स्वच्छ पानी, गुणस्तरीय स्वास्थ्यसेवा, बालबालिका तथा ज्येष्ठ नागरिकको व्यवस्थापन मुख्य चुनौतीका रूपमा हुन्छन् । आमनागरिकले विपत् जोखिमबारे पूर्वसूचना पाउनुपर्ने, छिटोछरितो खोज उद्धार र राहतको व्यवस्था हुनुपर्ने, समयमै पुनर्लाभ, पुनर्स्थापना तथा पुनर्निर्माण हुनुपर्ने, विपत् व्यवस्थापनका कार्यमा युवा समूहको सहभागिता हुनुपर्ने र राहत वितरणलगायतका क्रियाकलाप पारदर्शी हुनुपर्ने अपेक्षा राखेका हुन्छन् ।
भदौ १० गते एक्कासि भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला स्थित नदी तटीय क्षेत्रका बस्तीमा ठुलो विपत् आइपर्यो । जल प्रलयबाट ठुलो जनधनको क्षति पुग्यो । यस्तो अकल्पनीय विपत् व्यवस्थापनमा सरकार सुरुका दिनदेखि नै सुरक्षाकर्मी, हेलिकोप्टर, ड्रोनलगायत अत्याधुनिक उपकरणसहित बेपत्ताको खोजी र उद्धारको कार्यमा सक्रिय रूपमा जुटेको छ । विदेशी विशेषज्ञसमेतको सहयोगमा बेपत्ताको खोजी भइरहेको भए पनि गुनासोसमेत आइरहेको छ । दैनिक अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि भौगोलिक विकटताका कारण राहत सामग्री समयमा अभावग्रस्त क्षेत्रमा पुग्न नसकेको अवस्था पनि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)