कर्णालीमा कृषि उपजमा लाग्दै आएको कर खारेज, उत्पादन र बजारीकरण सहज हुने अपेक्षा
onlinekhabar.com · Fri Sep 18 02:37:47 GMT 2026

२ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि उत्पादनको प्रवर्द्धन र कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कृषि उपजमा लगाउँदै आएको कर चालु आर्थिक वर्षदेखि खारेज गरेको छ। कृषि उत्पादनमा लाग्दै आएको कर हटाएपछि कृषक तथा व्यवसायीलाई उत्पादन र बजारीकरणमा सहज हुने प्रदेश सरकारले अपेक्षा गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक वर्षको प्रगति विवरणअनुसार कर्णालीबाट एक वर्षमा तीन अर्ब ६४ करोड छ लाख रुपैयाँ बराबरको कृषिजन्य उपज अन्य जिल्लामा निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)