मूल्यवृद्धि ७ प्रतिशत राख्ने लक्ष्य : के भन्छन् अर्थविज्ञ ?
annapurnapost.com · Sat Jul 23 00:59:00 GMT 2022
काठमाडौं : मौद्रिक नीतिले मूल्यवृद्धिलाई ७ प्रतिशतको सिमामै राख्ने लक्ष्य लिएको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीतिले वार्षिक बजेट लक्षित मुल्यवृद्धि (मुद्रास्फीति) कायम हुने उल्लेख गरेको छ।
गभर्नर अधिकारीले ७ प्रतिशतको सिमामा मुल्यवृद्धिलाई राख्न सकिने बताए। ब्याजदर नै बढाएको हुनाले यसले कर्जाको विस्तारमा नियन्त्रण गर्ने र आयातलाई कसिलो बनाउने गरी मौद्रिक नीतिले व्यवस्था गरेको छ। चालु आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र नीजी क्षेत्रमा हुने कर्जा प्रवाह वृद्धिदर १२.६ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष क्रमशः १८ प्रतिशत र १९ प्रतिशतको अनुमान गरिएकोे थियो। तर, २०७९ सालको जेठ मसान्तसम्ममा विस्तृत मुद्रा प्रदायक ९ प्रतिशत र कर्जा प्रवाहदर १६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)