औद्योगिक क्षेत्रको लोडसेडिङको अपजस डाइभर्ट गर्न फेरि फन्डामा कुलमान
barnanmedia.com · Tue Dec 31 22:44:48 GMT 2024

औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ सुरु भएको र आमउपभोक्ताको विद्युत पनि बेलाबेला काटिन थालेपछि आलोचना बढेसँगै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले फन्डा झिकेका छन्। डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता उठाउन असहयोग गर्दै आएका तर सरकारलाई नै दोष दिएर चर्चा कमाइरहेका घिसिङ अहिले लोडसेडिङका कारण आलोचनामा छन्। प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् कटौती थालेको छ । भारतबाट अहिले दैनिक ५० देखि १ सय मेगावाटसम्म बिजुली आयात भइरहेको थियो अहिले फेरि भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्ने तयारी छ। तै पनि औद्योगिक क्षेत्रको लोडसेडिङ हट्ने छैन। किनकी ,नेपालमा हिउँद र गर्मीमा विद्युत उत्पादन निकै कम हुन्छ भने सबैभन्दा धेरै खपत हुने सिजन यही हो।
लोडसेडिङकै कारण आफ्नो आलोचना हुन थालेको र लोकप्रियता घटेको थाहा पाएका घिसिङले ऊर्जामन्त्री दीपक खड्कासँग जोरी खोजिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)