विशेष प्रदर्शनमा ‘रोल नं १’ फिल्म हेरेपछि सेलिब्रेटीले के भने ?
onlinekhabar.com · Tue Jun 02 08:03:08 GMT 2026

काठमाडौं । प्रदर्शनरत फिल्म ‘रोल नं १’ लाई विशेष प्रदर्शन गरिएको छ । आयोजित समारोहमा फिल्मकर्मी, सेलिब्रेटी र राजनीतिज्ञ सहभागी रहे । स्क्रिनिङमा हेरेका दर्शकले विषयवस्तु र प्रस्तुतिकरणको प्रशंसा गरे । अभिभावकले फिल्म हेर्नुपर्ने सुझाव दिए ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म हेर्न कलाकार तुलसी घिमिरे, जितु नेपाल, कमलमणी नेपाल, मरिचमान श्रेष्ठ, अञ्जना बराइली, नीता ढुगांना, सञ्चिता लुइँटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिभा तुलाधार, सरिता गिरी, विशाल भण्डारी, भरतमणी पौडेल, मेक्सम गौडेल, हरिहर अधिकारी, सांसद सुनिलबहादुर थापा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ