दिल्लीमा अर्थमन्त्रीको उच्चस्तरीय भेट सुरु
annapurnapost.com · Fri Sep 18 02:48:41 GMT 2026

काठमाडौं: भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय भेट सुरु गरेका छन्। वाग्लेले बिहीबार साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग उच्चस्तरीय भेटवार्ता गरे।
बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुई देशका अर्थमन्त्रीबिच औपचारिक भेटवार्ता भयो। भेटमा दुवै देशका उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)