नेपालको सरकारी ठेक्का प्रणाली ‘ई-जीपी’ मा साइबर आक्रमण, ३ दिनदेखि सेवा अवरुद्ध
techpana.com · Tue Jun 02 08:10:13 GMT 2026

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा साइबर आक्रमण हुँदा विगत तीन दिनदेखि सेवा अवरुद्ध भएको छ । साइबर आक्रमणका कारण आइतबारदेखि नै उक्त वेबसाइट चल्न छाडेको हो ।
कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले साइबर आक्रमणका कारण प्रणालीमा समस्या आएको पुष्टि गरे । “प्रणालीमा साइबर आक्रमण भएकाले सुरक्षाका दृष्टिकोणबाट यसलाई नियन्त्रणमा लिन सरकारी आईटी र साइबर सुरक्षाको प्राविधिक टोली लागिपरेको छ,” उनले भने, “आइतबारदेखि नै सेवा अवरुद्ध भएकाले सेवाग्राहीलाई मर्का नपरोस् भनी अन्तिम म्याद रहेका ठेक्काको म्याद थप गरिएको छ । प्रणाली पुनः सञ्चालनमा आउनासाथ आवेदन दिन सकिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)