बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
nepalpress.com · Tue Jun 02 08:25:50 GMT 2026

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए ।
बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना र रतुवा । गौरीगाई बँदेल, निलगाई र बाँदर पर्छन् ।
शुक्लाफाँटा, बाँके र बर्दीयामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् । सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातीको सङ्ख्या निकालिने उहाँले जानकारी दिए ।
निकुञ्जमा सर्वेक्षण सकिएसंगै अध्ययनको काम सुरु गरिने छ । यससंगै बाघकालागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज वन्ने उनले जानकारी दिए।
Chitwan: A survey of tiger prey species in Chitwan and Parsa National Parks has begun from Jestha 1.
Chitwan National Park Information Officer Avinash Thapa Magar said that a survey of the Ahara species was conducted by making 400 transits in the tiger census areas from Triveni to Rautahat in Nawalparasi.
The tiger's food species include deer, chital, langur, and ratuwa. Gauri, wild boar, nilgai, and monkeys.
In Shuklaphanta, Banke and Bardiya, the tigers also have prey species such as the chauka and the barhasinge. He informed that the number of prey species will be determined through the distance selection method after the survey is completed.
He informed that the study work will begin as soon as the survey is completed in the park. This will facilitate the study of what can be done to protect the food species necessary for tigers.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)