भन्सारबाटै प्रतिबन्धित छालाको निकासी
abhiyandaily.com
वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारबाटै छालाको अवैध निकासी हुने गरेको खुलासा भएको छ । बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेको एक उद्योगले गलत विवरण उल्लेख गरेर प्रतिबन्धित छाला निकासी गरेको भेटिएको हो ।
चिनियाँ लगानीमा खुलेको बारा भलुहीस्थित अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिजले एचएस कोड र उत्पादन फरक पारेर प्रतिबन्धित छाला निकासी गरेको छ । उक्त उद्योगले प्रतिबन्धित छाला निर्यात गर्न लागेकोबारे स्थानीय सरोकारवालाले चासो राखेपछि सुक्खा बन्दरगाह भन्सारले अहिले १ कन्टेनर छाला रोकेर राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)