असोजमा फिल्मको महाकुम्भ : १२ फिल्मको भिडन्त, कस्तो होला व्यवसाय ?
ratopati.com · Fri Sep 18 03:15:00 GMT 2026

काठमाडौं । नेपाली फिल्म उद्योगका लागि असोज महिना वर्षकै सबैभन्दा उर्वर समय मानिँदै आएको छ । नेपालीको ठूलो चाड दसैँको छेको समेत पर्ने यो महिनामा रिलिज हुने फिल्मले राम्रो व्यवसाय गर्दै आएका छन् ।
अहिलेसम्मको प्रदर्शन तालिकालाई हेर्ने हो भने यो असोजमा पनि साना–ठूला गरी कुल १२ वटा नेपाली फिल्म हलमा उत्रिने तरखरमा छन् । दर्शकका लागि यो असोज फिल्मको भव्य उत्सव बन्ने देखिन्छ भने निर्माता र प्रदर्शकका लागि बक्सअफिसको कडा अग्निपरीक्षा हुने देखिएको छ । हरेक साता कम्तीमा २ देखि ४ वटा नयाँ फिल्म हलमा भिड्दा कसले दर्शकको मन जित्ला र कसले लगानी सुरक्षित गर्ला भन्ने चासो फिल्म क्षेत्रमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)