मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको ब्रिफिङ : कतिपय बाह्यशक्ति गठबन्धन भत्काउन लागेका छन्

nayapatrikadaily.com · Sat Mar 09 00:37:00 GMT 2024

कांग्रेसले लोकतान्त्रिक शक्तिहरू समेटेर नयाँ समीकरणको गृहकार्य गरिरहेका वेला नयाँ गठबन्धनको प्रमुख घटक एमालेले बाह्य शक्तिहरू नयाँ समीकरण भत्काउन सक्रिय भएको दाबी गरेको छ । पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओलीले एमाले–माओवादीसहितको नयाँ गठबन्धन देख्न नचाहने कतिपय बाह्य शक्ति अझै भत्काउन सक्रिय रहेको ब्रिफिङ गरेका हुन् । तर, त्यो बाह्य शक्तिबारे ओलीले स्पष्ट पारेनन् ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालयको शुक्रबारको बैठकमा अध्यक्ष ओलीले अहिलेको गठबन्धन धेरै मिहिनेत र प्रयासबाट बनेको बताए । साथै उनले अहिलेको गठबन्धन पूर्ण कार्यकाल टिकाएर जनताले महसुस गर्ने गरी सरकार परिणाममुखी काममा केन्द्रित हुनुपर्ने निष्कर्ष पनि सुनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)