प्राकृतिक विपद्माथि थप सरकारी विपद् महँगी
nepalviews.com · Fri Sep 18 03:15:35 GMT 2026

नेपालमा विपद् आउँदा नागरिकले दुईथरी विपत्ति झेल्नुपर्छ—पहिलो, प्रकृतिले दिएको विपत्ति; दोस्रो, त्यही विपत्तिलाई अवसर बनाएर बजारले दिने विपत्ति । अहिले काठमाडौं उपत्यकालगायत देशभर देखिएको दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले यही तितो यथार्थ फेरि उजागर गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसपछि कृष्णभीरमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं प्रवेश गर्ने आपूर्ति प्रणालीमा समस्या आएको छ । यस्तो अवस्थामा केही वस्तुको आपूर्ति प्रभावित हुनु अस्वाभाविक होइन । तर आपूर्ति प्रणालीमा आएको समस्या र बजारमा देखिएको मनपरीबीच ठूलो अन्तर हुन्छ । अहिले त्यही अन्तरमा कालोबजारी, कृत्रिम अभाव र मनपरी मूल्यवृद्धि देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)