जसले ‘नबोली’ चुनाव जिते
annapurnapost.com · Mon Nov 28 00:59:00 GMT 2022
बुटवल : रुपन्देही–३ मा मनोनयन दर्तापछि दर्जनौं चुनावी सभा भए। एमालेको समर्थनमा उम्मेदवार बनेका दीपक बोहरा चुनावी अभियानमा सँगसँगै थिए। सेतो पाइजामामा सजिएर मञ्चमा बस्ने बोहरा निर्वाचन अवधिभर भएका चुनावी मञ्चहरूमा एक शब्द पनि बोलेनन्। कारण बोल्नै नमिल्ने स्वास्थ्य अवस्था। चुपचाप बसिरहने बोहोराका चुनावी प्रतिस्पर्धी भने गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृण खाँण थिए।
कडा प्रतिस्पर्धी, बोल्न नमिल्ने स्वास्थ्य बोहराका लागि चुनौती थिए। तै पनि उनी मतदातामाझ नमस्कार गरेर मात्रै फर्किए। मंसिर ४ मा मतदान सम्पन्न भयो। अर्काे दिनबाट मतगणना हुँदा बोहरा र खाँण अघिपछि हुँदैरहे। अन्तिममा चुनावी नतिजा बोहोराको पक्षमा आयो। उनले खाँणलाई २ हजार ६ सय ८१ मतले पराजित गरे। अन्तिममा आएको बोहराको नजिताले रुपन्देहीबाट प्रतिनिधिसभामा कांग्रेसलाई शून्य बनायो। बहालवाला गृहमन्त्री हराउँदा बोहोराको चर्चा चुलियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)