२२ दिनसम्म फर्किने आशमा कुरे, तर फर्किनन् सृष्टि!
barnanmedia.com · Fri Sep 18 03:23:20 GMT 2026

भोटेकोशीमा आएको वि'नाशका'री बा'ढीपछि २२ दिनसम्म छोरी फर्किने आशमा कुरेका पोखरा महानगरपालिका–५ प्रस्र्याङका बास्तोला परिवारले अन्ततः सृष्टिको कुशको श*व बनाएर अ'न्त्येष्टि गरेका छन्।
२२ वर्षीया सृष्टि बास्तोला काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत थिइन्। देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर उनी नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। भदौ १० गते आएको वि'नाशका'री बा'ढीपछि सृष्टि सम्पर्कवि'हीन भएकी थिइन्। परिवारले उनको अवस्था पत्ता लाग्ने र सकुशल फर्किने आशामा लामो समयसम्म खोजी तथा प्रतीक्षा गरेको थियो। तर २२ दिनसम्म पनि कुनै खबर नआएपछि परिवारले धार्मिक परम्पराअनुसार कुशको श*व बनाएर अ'न्त्येष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)