बागमतीका पूर्वमुख्यमन्त्रीकै कम्पनीबाट बाजुराको सडक अलपत्र, ४२ किलोमिटर पार गर्न तीन गाडी फेर्नुपर्ने बाध्यता
nepalpress.com · Fri Sep 18 03:32:39 GMT 2026

कैलाली । बाजुराको सदरमुकाम मार्तडीलाई जिल्लाको पूर्वी–उत्तरी क्षेत्र तथा कर्णाली प्रदेशका हुम्ला र मुगुसँग जोड्ने मार्तडी–कोल्टी सडक पछिल्लो दुई सातादेखि अवरुद्ध छ। सडक निर्माणले गति लिन नसक्दा वर्षायाममा मात्रै होइन, वर्षौँदेखि नै यस क्षेत्रका नागरिकले सास्ती खेप्दै आएका छन्।
मार्तडीदेखि कोल्टीसम्मको करिब ४२ किलोमिटर सडक पार गर्न यात्रुले ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ। सडकको अवस्था खराब हुनुका साथै खोलामा बाढी आउँदा एउटै यात्राका लागि दुई हजार रुपैयाँसम्म भाडा तिर्नुपर्ने अवस्था रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)