अघि बढ्यो मेची–महाकाली विद्युतीय रेलमार्गः पाँच जिल्लाका बासिन्दासँग मागियो रायसुझाव
clickmandu.com · Tue Jun 02 08:57:27 GMT 2026

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाको ‘बर्दिबास–इनरुवा खण्ड’ को वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन परिमार्जनका लागि सार्वजनिक सूचना जारी गर्दै सरोकारवालाहरूसँग रायसुझाव माग गरेको छ ।
रेल विभागअन्तर्गतको रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाले सूचना प्रकाशित गर्दै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी गर्ने क्रममा उक्त क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा के-कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा यकिन गरी स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्तिबाट ७ दिनभित्र लिखित रायसुझाव माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
मधेस प्रदेश
काठमाडौँ