संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्- ‘मैले देख्न चाहेको संसद् यस्तै हो’
kalakarmi.com · Fri Sep 18 03:42:08 GMT 2026

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले निर्वाह गरेको संसदीय भूमिकाको खुलेर प्रशंसा गरेकी छन् । दलीय स्वार्थभन्दा माथि उठेर विषयको गहिराइमा पुग्ने र रचनात्मक बहस गर्ने प्रतिपक्षको शैलीबाट आफू निकै प्रभावित भएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले भनिन्, ‘पछिल्लो दुई दिनको प्रतिनिधि सभा बैठकले मलाई साँच्चै प्रभावित बनाएको छ, विशेषगरी प्रतिपक्षका माननीयज्यूहरूको संसदीय भूमिकाले । प्रश्न गर्नुभयो, विषयको गहिराइमा पुगेर तर्क गर्नुभयो, फरक धारणा र सुझाव राख्नुभयो र विषय उचित लाग्दा खुला मनले समर्थन पनि गर्नुभयो। मैले देख्न चाहेको संसद् यस्तै हो, जहाँ पक्ष र प्रतिपक्ष दलभन्दा माथि उठेर बहस गर्न सकून् ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)