चाडपर्वको संघारमा अकासियो महँगी
annapurnapost.com · Fri Sep 18 03:32:32 GMT 2026

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकासहित बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्न थालेपछि सर्वसाधारणको भान्सा महँगिएको छ।
चामल, दाल, खानेतेल, मसला तथा गेडागुडीजस्ता अत्यावश्यक वस्तुको मूल्य पछिल्लो करिब ६ महिनामा उल्लेख्य रूपमा बढेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन्। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरणअनुसार २०८२ चैत १५ देखि २०८३ असोज १ गतेसम्म विभिन्न खाद्यान्न तथा किराना वस्तुको मूल्यमा मिश्रित परिवर्तन भए पनि अधिकांश वस्तुको मूल्य बढेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)