मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

ajakoartha.com · Tue Jun 02 09:02:00 GMT 2026

काठमाडौं- नेपालको उच्च प्राविधिक शिक्षाको क्षेत्रमा स्नातक तथा स्नातकोत्तर तहका उत्कृष्ट इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्ट इन्जिनियरिङ कलेजमा सोमबार आयोजित एक कार्यक्रममा अमेजन वेब सर्भिस अन्तर्गत विद्यार्थी निर्माण समूह (AWS SBG) गठन गरिएको छ।

अमेजन वेब सर्भिसले क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता तथा मेसिन लर्निङ, साइबर सुरक्षा तथा अन्य नवीन प्रविधिहरूमा केन्द्रित रही कार्यशाला, सेमिनार, ह्याकाथन तथा प्रयोगात्मक सिकाइ सत्रहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। यसबाट विद्यार्थीहरूले व्यावहारिक सीप तथा उद्योगसँग सम्बन्धित प्रत्यक्ष अनुभव प्राप्त गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)