छोराको मृत्यु पीडामा आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
annapurnapost.com · Sat Jun 06 10:40:41 GMT 2026

भारत : उत्तर प्रदेशको महोबा जिल्लामा एउटा हँसिलो र सुखी परिवार ११ दिनभित्रै पूर्णरूपमा उजाडिएको छ । पहिले छोराको, त्यसपछि आमाको र अन्ततः बुबाको मृत्यु भएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ । यो मार्मिक घटनाले सुन्ने सबैलाई भावुक बनाएको छ ।
मध्य प्रदेशको छतरपुर जिल्लास्थित हरपालपुरका सुभान अहमद आफ्नी पत्नी रजिया र छोराछोरीसहित महोबाको चरखारीस्थित ससुराली आएका थिए । मे २५ मा उनका ६ वर्षीय छोरा हसनैनलाई लु (अत्यधिक गर्मी) लागेपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो । उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान बचाउन सकिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)