ज्यामिरेमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
nepalviews.com · Fri Sep 18 03:50:13 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित ज्यामीरेघाटमा ठूलो पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक माथिबाट ठूलो पहिरो खसेका कारण काठमाडौं आवागमन गर्ने दुवैतर्फका सवारी साधनहरू बिच बाटोमै रोकिएका छन्।
पहिरो ठूलो भएकाले सडक पन्छाउन केही समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले जानकारी दिए । हिजो मात्रै खुलाइएको कृष्णभीर नजिकै पुनः पहिरो खसेपछि सडक पुन: अवरुद्ध बनेको हो। हाल निर्माणाधीन सडक आयोजनाका डोजर परिचालन गरी पहिरो पन्छाउने कार्य भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)