गृह प्रदेशमै एक्लिँदै शेखर र सिटौला !
lokaantar.com

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपश्चात बदलिएको राजनीतिक समीकरण र आगामी १५औँ महाधिवेशनको सरगर्मीसँगै पार्टीका शीर्ष नेताद्वय डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलाको गृह प्रदेशमा उनीहरूको प्रभाव कमजोर बन्दै गएको छ । कोशी प्रदेशमा कांग्रेसका केही सीमित नेताहरू मात्रै इतर समूहमा अडिग रहेका छन् भने अधिकांश केन्द्रीय सदस्य तथा प्रभावशाली नेताहरू संस्थापन पक्षतर्फ खुलेका हुन् ।
यसअघि प्रदेशसभा र पार्टीभित्र शेरबहादुर देउवा समूहको बलियो वर्चस्व रहेकोमा पछिल्लो समय समीकरण फेरिँदै गएको छ । देउवा समूहकी प्रभावशाली नेतृ मानिने डा. डिला संग्रौलासमेत विशेष महाधिवेशनमै सक्रिय सहभागिता जनाउँदै सहमहामन्त्री भइसकेकी छिन् । यसैगरी, देउवा समूहमै रहेर यसअघि पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका अमृत अर्याल र सुन्दरहरैचाका पूर्वमेयर शिव ढकालले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई अगाडि बढाउन नेतृत्वदायी भूमिकासमेत खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)