हरियो मरुभूमि
nepalnews.com · Tue Jun 02 09:13:15 GMT 2026

घुम्न रुचाउनेहरूको रोजाइ बन्दै गएको मुन्दुम पदमार्गको मैयुङ क्षेत्रमा पर्ने हाँसपोखरीमा न त पोखरी थियो, न त हाँस नै। थियो त कुनै समय निकै ठूलो पोखरी थियो भन्ने प्रमाणस्वरूपको दलदल मात्रै। पुराना मानिसहरूका अनुसार ४०/५० वर्षअघिसम्म दलदल पनि डरलाग्दो थियो। हरेक वर्ष एकदुई पशु त्यसमा फसेर मर्थे। पछि, दलदल सुक्दै गएर कुनामा सानो आहाल मात्रै बाँकी थियो।
पोखरी दुई कारणले सुक्दै गयो। एक, पोखरीमा पानी आउने खोल्साबाट सँगै बगेर आएको ढुङ्गामाटो थुप्रिएर। दुई, पोखरीको निकासतिरको माटो प्राकृतिक कारणले बगेर। त्यहाँ चर्ने पशुहरूले भत्काउँदा र पाहा सिकारीहरूले खोतल्दा प्राकृतिक बाँध कमजोर भएर भत्किँदै गयो। हरेक साल त्यसो हुँदा पानी जम्न नसक्ने भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)