'रामारोशन स्काई रन २०२६' आयोजना हुने
neplays.com · Tue Jun 02 09:11:41 GMT 2026

काठमाडौं। नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ मा सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा 'रामारोशन स्काई रन २०२६' हुने भएको छ ।
फेडरेसनले आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिताका रूपमा यसलाई अघि बढाएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ