क्रस होल्डिङको विषय सीमा विवादसँग तुलना गर्नुले प्रधानमन्त्रीमा कूटनीतिक ज्ञान देखिएनः नेपाल बार
nepalbahas.com · Tue Jun 02 09:03:57 GMT 2026

क्रस होल्डिङको विषय सीमा विवादसँग तुलना गर्नुले प्रधानमन्त्रीमा कूटनीतिक ज्ञान देखिएनः नेपाल बार
१९ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानमन्त्री बालेन शाहमा कूटनीतिक ज्ञानको अभाव देखिएको भन्दै नेपाल–भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्ति राष्ट्रको नीति विरुद्ध भएको जनाएको छ । नेपाल बारले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको जनाएको छ ।
प्रधानमन्त्रीको हलुका टिप्पणीले राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भएको बारको ठहर छ । प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष छ ।
बारको विज्ञप्तिमा भनिएको छ, नेपालको एक इञ्च भूमि पनि कसैलाई छोड्न सकिँदैन । सीमा विवाद भावनात्मक वा हठात् निर्णयका आधारमा नभई ऐतिहासिक तथ्य, अकाट्य प्रमाण, नाप–नक्सा र सन्धि–सम्झौताका आधारमा दुवै देशका प्राविधिकहरूले टुंग्याउनुपर्ने विषय हो ।
विज्ञप्तिमा खेती कमाइ वा नदीको धार परिवर्तनका कारण हुने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरबाट हुने रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको कूटनीतिक ज्ञानमाथि समेत प्रश्न उठाएको छ । आगामी दिनमा सरकारलाई राष्ट्रिय हित र भौगोलिक अखण्डताका विषयमा स्पष्ट र जिम्मेवार ढंगले प्रस्तुत हुन ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री
नेपाल बार एशोसिएशन
अभिव्यक्ति
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
प्रधानमन्त्रीको भनाइविरुद्ध विपक्षी दलको अवरोधपछि कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित
जेठ १९, २०८३ मंगलबार
प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारका प्रवक्ताको प्रष्टीकरण, अरुले सुनाएको कुरा सुनाउनु भएको हो
जेठ १९, २०८३ मंगलबार
सरकारले कार्की आयोग प्रतिवेदनसम्बन्धी अध्ययन समितिलाई थप ४५ दिन समय दिने
जेठ १९, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
हेटौंडा बचत सहकारीमा भाँडभैलोः बचतकर्ताको करोडौं रकम जोखिममा
नेपालबहस संवाददाता
जेठ १६, २०८३ शनिबार
अवैध नागरिकताको आडमा विभिन्न अवैध कारोबारः लागूऔषध, सुनचाँदी तस्करीदेखि भारतीय अवैध रुपैयाँको कारोबार !
नेपालबहस संवाददाता
जेठ १६, २०८३ शनिबार
थाइल्याण्डबाट काठमाडौं ल्याइएकी टिकटकर तुलसा अधिकारीविरुद्ध ६ करोड बढी ठगीको आरोप
नेपालबहस संवाददाता
जेठ १७, २०८३ आइतबार
प्रहरी सेटिङमा हेटौंडा बसपार्क क्षेत्रमा यौनधन्दा मौलाउँदै
नेपालबहस संवाददाता
जेठ १६, २०८३ शनिबार
Tweets by nepalbahas
लोकप्रिय
१
सीमासम्बन्धी भनाइले प्रधानमन्त्री विवादमा तानिएका बेला रविको भाजपाका उच्च नेतासँग भेटघाट
जेठ १९, २०८३ मंगलबार
२
विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको आरोप खेपिरहेका महरालाई १ लाख धरौटीमा छाड्न आदेश
जेठ १८, २०८३ सोमबार
३
एक्कासि सदनमा जवाफ दिन हौसिएका प्रधानमन्त्री सीमा विवादमा फसे, अभिव्यक्तिको चारैतिर निन्दा
जेठ १८, २०८३ सोमबार
छुटाउनुभयो कि?
मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन
जेठ १९, २०८३ मंगलबार
क्रस होल्डिङको विषय सीमा विवादसँग तुलना गर्नुले प्रधानमन्त्रीमा कूटनीतिक ज्ञान देखिएनः नेपाल बार
जेठ १९, २०८३ मंगलबार
अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ १९, २०८३ मंगलबार
संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा
जेठ १९, २०८३ मंगलबार
मेटा, टेस्ला, अमेजनका सीईओको सुरक्षामा करोडौँदेखि अर्बौँ खर्च
जेठ १९, २०८३ मंगलबार
अनदुडाँडाको मीन थुम्कीमा अवस्थित विश्व शान्ति स्तुपा
जेठ १९, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
बालेन शाह
काठमाडौँ