मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकी डलरसहित चिकित्सक पक्राउ

baahrakhari.com · Tue Jun 02 09:08:41 GMT 2026

चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले २९ वर्षीय डा. पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, डा. यादव भरतपुर महानगरपालिका–१०, चित्रसेन टोलको एउटा घरको कोठा भाडामा लिएर बस्दै आएका थिए । धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बासिन्दा डा. यादवका बारेमा अनुसन्धान गर्दा उनले अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।

उनको मोबाइल तथा अरू विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय र कारोबार गरिरहेको अनुसन्धानका क्रममा फेला परेको छ ।

भरतपुरको एक अस्पतालमा कार्यरत डा. यादवले हालसम्म कति ठगी गरे भन्ने बारेमा स्रोत खुल्दै गएको डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए । रासस

#पक्राउ

#क्रिप्टोकरेन्सी

#चिकित्सक

#अमेरिकी डलर

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय