काठमाडौंमा एलपी ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम
barnanmedia.com · Fri Sep 18 03:55:21 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुनः प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा थपिएको भाडा हटाउँदै पुरानै मूल्यमा ग्यास बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको हो।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो। त्यसपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषालगायतका प्लान्टबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउँदै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)