मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२४ वर्षयता रोमानियाको पहिलो जित

ekantipur.com · Tue Jun 18 00:18:54 UTC 2024

काठमाडौँ — रोमानियाले युरोको समूह ‘ई’ को आफ्नो पहिलो खेलमा युक्रेनमाथि सोमबार ३–० को प्रभावशाली जित निकालेको छ । युरो च्याम्पियनसिपमा रोमानियाको यो २४ वर्षयताको पहिलो जित हो । जितसँगै रोमानियाले बेल्जिमम र स्लोभाकियासम्मिलित समूहमा आफूलाई बलियो स्थितिमा कायम राखेको छ ।

सन् २००० यता युरोमा रोमानियाले पहिलो जित हात पार्न सफल भएको हो । रोमानिया छनोट चरणमा अपराजित थियो । अहिलेको जितसँगै रोमानिया प्रतियोगिताकै बलियो टिम साबित भएको छ । खेलको २९ औं मिनेटमा निकोलाय स्टानक्लुले गोल गर्दै रोमानियालाई अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)