मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

विकास र वातावरणसँग जोडिएको पाँच ‘ज’

abhiyandaily.com

नेपाल क्षेत्रफलमा सानो भए पनि धरातलीय स्वरूपमा चार र हावपानीको दृष्टिकोणले सामान्यतया दुई प्रकारको विविधता पाइने देश हो । हिमाल, पहाड, भित्री तराई र तराई छ भने गीष्मकालीन र शीतकालीन गरी विभाजन गरिएको पाइन्छ । वनस्पतिका हिसाबले भने नेपालको जमीनलाई पाँच भागमा विभक्त गरिएको देखिन्छ । अर्धोष्ण सदाबहार जगल, पतझर मौसमी जंगल, सदाबहार कोणधारी जगल, लेकाली तृणभूमि र टुन्ड्रा रहेका छन् । यी पाँच प्रकारका जंगललाई उचाइका हिसाबले विभाजन गरिएको पाइन्छ ।

जमीन मानवलगायत सबै प्राणीको अस्तित्वका लागि आवश्यक तŒव हो । यसको सदुपयोग र संरक्षणविना मानव जातिको समग्र कल्याणको कल्पनासमेत गर्न सकिँदैन । हामीले जमीनको गुणात्मक अवस्था बचाउन सक्यौं भने मात्र यसले मानवको हितमा काम गर्छ । पछिल्ला दुई दशकयता विविध कारणले जमीनको उर्वराशक्तिमा कमी आइरहेको छ । जमीनको उर्वराशक्तिमा क्षयीकरण गराउने मुख्य कारण भनेको जथाभावी रासायनिक मल र विषादीको प्रयोग नै हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)