रविको असामाजिक व्यवहार : कहिले सिक्ने राजनीतिक संस्कार ?
farakdhar.com · Thu Sep 14 17:08:25 GMT 2023
दुईपटकको संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको गत मंगलबार हृदयाघातका निधन भयो । सरकारले नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्यो । सोही बमोजिम बिहीबार उनको अन्त्येष्टि सम्पन्न भयो । उनको निधनको शोकमा सरकारले बिहीबार देशभर राष्ट्रिय बिदा नै दियो ।
नेम्वाङको शवयात्रामा राजनीतिक दलका नेता–कार्यकर्ता मात्रै होइन, आमसर्वसाधारण बुद्धिजीवी र सरकारका उच्चपदस्थहरुको उल्लेख्य सहभागिता रह्यो । निधन भएको दिन शिक्षण अस्पतालदेखि एमले पार्टी कार्यालय च्यासलसम्म नेम्वाङलाई श्रद्धाञ्जली दिनेको ठूलो घुइँचो लाग्यो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत माओवादी नेताहरू, कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू, एमले अध्यक्ष केपी ओलीलगायत नेताहरू, राप्रपाका नेताहरूले नेम्वाङको पार्थिव शरीरमा फूलअबिर चढाएर उनलाई श्रद्धाञ्जली दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)