पिएनजीविरुद्ध न्यूजील्याण्डका लकी फर्ग्युसनको टी२० विश्वकपमा अनौठौ कीर्तिमान
kalakarmi.com · Tue Jun 18 00:22:41 UTC 2024
ट्रिनिदाद– न्यूजील्याण्डले टी२० विश्वकप २०२४ को आफ्नो अन्तिम खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई पराजित गरेको छ । यो खेलमा न्यूजील्याण्डका तिब्र गतिका बलर लकी फर्ग्युसनले एउटा उत्कृष्ट कीर्तिमान आफ्नो नाममा पारेका छन् । उनले जुन कीर्तिमान बनाएका छन्, त्यो टी२० विश्वकपमै पहिलो पटक बनेको हो ।
टी२० विश्वकप २०२४ मा न्यूजील्याण्ड तथा पिएनजीबीच सोमवार राति ट्रिनिदादको तारोबामा प्रतिस्पर्धा भएको थियो । हुन त यो खेलको नतिजाले विश्वकपको अंक तालिकामा कुनै फरक त पर्दैन, तर आफ्नो यो अन्तिम लीग म्याचमा न्यूजील्याण्डले सात विकेटको शानदार जीत हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)