स्वीट्जरल्याण्ड पार्क नजिकै ट्रिपर दुर्घटना,लेबरको मृत्यु
janaaastha.com · Thu Aug 05 16:25:43 GMT 2021
नागार्जुन नगरपालिका ७, काठमाडौंको स्वीट्जरल्याण्ड पार्क नजिकै आज साँझ भएको ट्रिपर दुर्घटनामा एक जनाको ज्यान गएको छ । पार्क नजिकैको लाफा प्लटिङमा भएको दुर्घटनामा गिटी बोक्ने मिनी ट्रिपर त्यसैमा लेबर काम गर्ने सोमबहादुर बलमाथि पल्टेको थियो ।
बा. ५ ख १८६० नं को मिनी ट्रिपर तीब्र गतिमा दौडाउँदा नजिकैको रोडामा पल्टिएको बताइन्छ । दुर्घटनामा सर्लाहीको लालबन्दी १ घर भएका ३९ वर्षीय सोमबहादुर बलको घटनास्थलमा मृत्यु भएको हो । शवलाई पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)