असहाय बालबालिकाको भविष्य कोर्दै थापा
gorkhapatraonline.com · Fri Sep 18 04:16:44 GMT 2026

उमेरले २९ वर्षका युवकको काँधमा आफ्नै परिवारको जिम्मेवारी हुन्छ, त्यही जिम्मेवारी पूरा गर्न अनेकौँ समस्यासँग जुध्नु पर्छ तर बाजुराको बुढीगङ्गा नगरपालिका–२, ब्रह्मतोलाका गणेश थापाको जीवन आफ्ना लागि मात्र सीमित छैन । अभिभावक गुमाएका र आर्थिक अभावका कारण पढाइबाट वञ्चित बालबालिकाको भविष्य बनाउन उहाँ एक दशकदेखि निरन्तर लागिरहनुभएको छ ।
ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका थापाले २०७२ सालमा आफ्नै वडामा कन्सर्न बाजुरा नामक संस्था स्थापना गरेर शालिग्राम बालगृह सञ्चालनमा ल्याउनुभयो । सुरुवातमा चार बालबालिकाबाट सुरु भएको बालगृहमा अहिले १७ जना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)